७ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता यसरी सम्भव भयो न्युयोर्कमा ओली–मोदी भेट, केके छन् वार्ताका एजेण्डा ?
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नर्सले तोकिएको पारिश्रामिक नपाएको गुनासो



अ+ अ-

काठमाण्डौं । राष्ट्रिय सभाको बैठकमा सांसद उदया शर्मा पौडेलले सरकारले श्रमिकका लागि पारिश्रामिक तोकेको भए तापनि नर्सले तोकिएको पारिश्रामिक नपाएको प्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा उहाँले नर्सको श्रमको उचित मूल्याङ्कन नभएको बताउनुभयो ।

सांसद खिलकुमार विश्वकर्माले सरकारको चालू आवमा सुत्केरीलाई हिमालमा रु एक हजार पाँच सय, पहाडमा रु एक हजार र तराई रु ५०० प्रभावकारी रुपमा कार्यान्वयन भएको नदेखिएको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद अनिता देवकोटाले नेपाल कम्युनिष्ट पार्टीका नेता कुमार पौडेलको इन्काउन्टरमा हत्या भएको भनिएकाले सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्नुभयो ।

सांसद इन्दु कडरियाले कञ्चनपुर जिल्लामा हुलाकी सडक बन्दाबन्दै भारतीय सुरक्षाकर्मीले धम्याउने क्रम नरोकिएको हुनाले त्यसप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद कमलाकुमारी ओलीले यातायात क्षेत्रमा एकाधिकार अन्त्य भइसक्दा पनि कायम रहेको देखिएकाले सत्यतथ्य दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।