रौतहट । प्रहरीको भ्यान दुर्घटना हुँदा १० जना घाइते भएका छन् । थुनुवाको म्याद थपका लागि गौर जाँदै गरेको जिप दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको भ्यान चन्द्रनिगाहपुरस्थित बाल्चनपुर चोकमा दुर्घटना हुँदा ४ जना कैदी र ६ जना प्रहरी घाइते भएका छन् । जसमा दुई प्रहरी जवान अजय साह र सञ्जय कार्की गम्भीर घाइते भएका छन् भने अन्य दुई थुनुवा पनि गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भूपेन्द्र खत्रीका अनुसार गम्भीर घाइते प्रहरी जवान र थुनुवालाई थप उपचारका लागि वीरगञ्ज पठाइएको छ ।
यस्तै सामान्य घाइते भएकाहरु ४ प्रहरी र २ थुनुवाको चन्द्रनिगाहपुरस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।