७ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता यसरी सम्भव भयो न्युयोर्कमा ओली–मोदी भेट, केके छन् वार्ताका एजेण्डा ?
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाका गोलकिपर भ्यालेन्सियामा, आगामी सिजन च्याम्पियन्स लिग खेल्ने



अ+ अ-

काठमाडौं । स्पेनिस कल्ब बार्सिलोनाका ब्याक अप गोलकिपर जेस्पर सिलिसन भ्यालेन्सियामा अबद्द भएका छन् । बार्सिलोनामा कम अवसर पाएका उनी नियमित फुटबल खेल्न भ्यालेन्सिया गएका हुन् । उनले आगामी सिजन च्याम्पियन्स लिग खेल्न पाउनेछन् ।

अयाक्सबाट २०१६ मा बार्सिलोना आएका उनी ब्याक अप गोलकिपर थिए । उनले कल्बबाट सोचे अनरुप खेल खेल्न नपाउदा कल्ब छाडेका हुन् ।पहिलो रोजाईका गोलकिपर टर स्टेगनको बैकल्पिक खेलाडीको रुपमा रहदै आएका जेस्पर बेन्चमा बस्दै आएका थिए ।

बार्सिलोनामा ३ सिजन बिताएका गोलरक्षकले भ्यालेन्सियामा पहिलो रोजाइ बन्दै खेल्न पाउने जेस्परले बताए । यता भ्यालेन्सियाको गोलकिपर नेटो भने बार्सिलोनामा आउने भएका छन् ।

यस्तै बार्सिलानाका मिडफिल्डर आन्द्रे गोमेज भने इभर्टन आएका छन् । एक सिजन लेनमा इभर्टनबाट खेलका पोर्चुगिज मिडफिल्डरले ५ वर्षे सम्झौता गरेका हुन् ।

२२ मिलियनमा इभर्टन आएका उनले भने, ‘यो निर्णय गर्न मलाई कठिनाइ भएन र म यसबाट एकदमै खुसी छु ।’