१९ भाद्र २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाले ब्याक अप गोलकिपरको रुपमा भ्यालेन्सियाका नेटोलाई भित्र्याउने



अ+ अ-

काठमाडौं । स्पेनिस कल्ब बार्सिलोनाले ब्याक अप गोलकिपरको रुपमा भ्यालेन्सियाको गोलकिपर नेटो भित्र्याउने भएको छ ।

आफ्नो ब्याक अप गोलकिपर जेस्पर सिलिसन भ्यालेन्सियामा अबद्द भएपछि बार्सिलोनाले नेटोलाई भित्र्याउने भएको हो । अब नेटोले पहिलो रोजाईका गोलकिपर टर स्टेगनको सामना गनुपर्ने भएको छ । यता अयाक्सबाट २०१६ मा बार्सिलोना आएका जेस्परले कल्बबाट सोचे अनरुप खेल खेल्न नपाउदा कल्ब छाडेका हुन् ।

बार्सिलोनामा ३ सिजन बिताएका गोलरक्षकले भ्यालेन्सियामा पहिलो रोजाइ बन्दै खेल्न पाउने जेस्परले बताए ।यस्तै बार्सिलानाका मिडफिल्डर आन्द्रे गोमेज भने इभर्टन आएका छन् । एक सिजन लेनमा इभर्टनबाट खेलका पोर्चुगिज मिडफिल्डरले ५ वर्षे सम्झौता गरेका हुन् ।

२२ मिलियनमा इभर्टन आएका उनले भने, ‘यो निर्णय गर्न मलाई कठिनाइ भएन र म यसबाट एकदमै खुसी छु ।’