७ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता यसरी सम्भव भयो न्युयोर्कमा ओली–मोदी भेट, केके छन् वार्ताका एजेण्डा ?
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एएफसी कप : अन्तिम खेलमा मनाङले भारतको चेन्नाइन एफसीसँग खेल्दै



अ+ अ-

काठमाडौं । एएफसी कप २०१९ अन्तर्गत समूह ई को अन्तिम खेलमा नेपालको लिग च्याम्पियन क्लब मनाङ मर्स्याङ्दीले भारतको चेन्नाइन एफसीसँग खेल्दै छ ।

प्रतियोगिताबाट बाहिरिसकेको मनाङले अन्तिम खेलमा सुखद् नतिजा निकाल्ने दावी गरेको छ । यसैगरी चेन्नाइनलाई भने अर्को चरण पुग्न आजको खेल जित्नै पर्ने दबाब छ ।

एन्फा मैदान ललितपुरमा बुधबार सवा चार बजे सुरु हुने खेलमा मनाङले पहिलो रोजाइका खेलाडीको नामावली सार्वजनिक गरेको छ । विराज महर्जनकोे कप्तानीमा खेल्ने टिममा गोल किपरमा विशाल श्रेष्ठ रहेका छन् । विराजसहित देवेन्द्र तामाङ, कमल श्रेष्ठ, साहिद अजिज डिफेन्डरको रुपमा रहेका छन् ।

मिल्डफिल्डमा विशाल राई, अभिषेक रिजाल, हेमन गुरुङ र सुजल श्रेष्ठ रहेका छन् । त्यस्तै फरवार्डमा सोमिडे एडेलजा र अफिज वलावले ओलाडिपो रहेका छन् ।

चेन्नाइन एफसीमा करणजीत सिंह, सिंङखाङ गेमबाम, एलिसविह फिलो, अनिरुध थापा, जेरी लालरिनजुलहा, मोहम्मद रफि, आइज्याक भानमल साओमा, मेल्सन भेरियटो (कप्तान), क्रिष्टोफर हर्ड, फ्रान्सिस्को फर्नान्डेज रेम सोचुङ अइमोल पहिलो रोजाइमा परेका छन् ।

यसअघि मनाङ बंगलादेशको ढाका आबाहनी लिमिटेडसँग १–० गोल अन्तरले पराजित भएको थियो भने मनाङले घरेलु मैदानमा पञ्जाबविरुद्ध १–१ गोलको बराबरी खेलेको थियो ।