१९ भाद्र २०८३, शुक्रबार
,
Latest
पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने बिपी राजमार्गका सवारी चाप, मालवहाक गाडी रातिमात्र सञ्चालन गरिने अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता



अ+ अ-

काठमाडौं । पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । व्यवसायीलाई तत्काल मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको आश्वासनपछि आन्दोलन फिर्ता लिएका हुन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्री मातृका यादव र व्यवसायीबीच बुधबार भएको बार्तामा मन्त्री यादवले पेट्रोलियम ढुवानी व्यवसायीमा भ्याट कार्यान्वयनको समय थप गर्ने प्रतिवद्धता जनाएका थिए ।

भ्याट कार्यान्वयनको समयसीमा बढाउन मन्त्रीले पहल गर्ने प्रतिबद्धता जनाएकाले आन्दोलन फिर्ता लिइएको पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्वप्रसाद अर्यालले बताए ।

सरकारले आर्थिक वर्ष ०७६र०७७ को बजेटमार्फत ढुवानी व्यवसाय अनिवार्य भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था गरेको थियो । सरकारले जेठ १५ गते बजेटबाट गरेको घोषणा अनुसार थ्रेसहोल्डमा परेका सबै व्यवसायी असार १३ गतेसम्म भ्याटमा दर्ता भई सक्नुपर्ने थियो । सरकारले भ्याटमा दर्ता हुन समय नदिएको भन्दै व्यवसायीहरुले ढुवानी आदेश नलिने घोषणा गरेका थिए ।