१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षकको तलब माग्दै विद्यार्थी आन्दोलित, शिक्षकहरु तीन दिनदेखि ‘पेन डाउन’मा



अ+ अ-

जनकपुरधाम । धनुषाको विदेह नगरपालिका–६ गिद्धास्थित जनता माध्यमिक विद्यालयका शिक्षक र बिद्यार्थी आन्दोलनमा उत्रिएका छन् । तलब नपाएको भन्दै शिक्षकहरु तीन दिनदेखि ‘पेन डाउन’ गरेका छन् । जसका कारण पठनपाठन नभएपछि विद्यार्थीले पनि आन्दोलन थालेका हुन् ।

बुधबार आन्दोलनकारीले हुलाकी राजमार्ग अवरुद्ध पारेर त्यहाँका मेयर बेचन दासविरुद्ध नाराबाजी गरेका छन् ।हुलाकी सडकमा टायर बालेर अवरुद्ध गर्दा तीन घण्टासम्म यात्रुहरु अलपत्र परे । सडक अवरुद्ध गरेपछि विद्यार्थीले नगरपालिका पनि घेराउ गरेका थिए ।

विद्यार्थीले शिक्षकको तलब निकासा गर, पठनपाठन सुचारु गर, मेयर दास मुर्दावाद जस्ता नारा लगाएका थिए । विद्यार्थीहरुले नगरपालिकामा ढुङ्गामुढा गर्न थालेपछि केहीबेर अवस्था तनावग्रस्त बनेको थियो ।