७ आश्विन २०८१, सोमबार
,
Latest
प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाका आन्द्रे गोमेज इभर्टन फर्किए, पुन: ५ वर्षे सम्झौता



अ+ अ-

काठमाडौं । स्पेनिस कल्ब बार्सिलोनाका मिडफिल्डर तथा पोर्चुगिज आन्द्रे गोमेज भने इभर्टनमा आबद्द भएका छन् । एक सिजन लेनमा इभर्टनबाट बार्सिलोना आएका उनि फेरी इभर्टन फर्किएका हुन् ।

संचार माध्यमका अनुसार गोमेजले इभर्टनसँग ५ वर्षे सम्झौता गरेका छन् ।स्पेनिस क्लव भ्यालेन्सियाबाट खेलीसकेका २४ बर्षे युवा स्टार गोमेज बल पोजिसनमा बुद्धिमता र पास दिले तीक्ष्ण क्षमताका भएको खेलाडीको रुपमा लिइने गरेको थियो ।

२२ मिलियनमा इभर्टन आएका उनले भने, ‘यो निर्णय गर्न मलाई कठिनाइ भएन र म यसबाट एकदमै खुसी छु ।’

गोमेजले बार्सिलोनाबाट ७९ खेल खेलेका छन् । उनले बार्सिलोनालाई चार उपाधि दिलाएका छन् । उनले एक लालिगा,दुई कोपा डेल रे र एक स्पेनिस सुपर कपको उपाधि दिलाएका थिए ।

बार्सिलोनाका ब्याक अप गोलकिपर जेस्पर सिलिसन भ्यालेन्सियामा अबद्द भएका छन् । बार्सिलोनामा कम अवसर पाएका उनी नियमित फुटबल खेल्न भ्यालेन्सिया गएका हुन् । उनले आगामी सिजन च्याम्पियन्स लिग खेल्न पाउनेछन् ।

अयाक्सबाट २०१६ मा बार्सिलोना आएका उनी ब्याक अप गोलकिपर थिए । उनले कल्बबाट सोचे अनरुप खेल खेल्न नपाउदा कल्ब छाडेका हुन् ।पहिलो रोजाईका गोलकिपर टर स्टेगनको बैकल्पिक खेलाडीको रुपमा रहदै आएका जेस्पर बेन्चमा बस्दै आएका थिए ।

बार्सिलोनामा ३ सिजन बिताएका गोलरक्षकले भ्यालेन्सियामा पहिलो रोजाइ बन्दै खेल्न पाउने जेस्परले बताए । यता भ्यालेन्सियाको गोलकिपर नेटो भने बार्सिलोनामा आउने भएका छन् ।

आफ्नो ब्याक अप गोलकिपर जेस्पर सिलिसन भ्यालेन्सियामा अबद्द भएपछि बार्सिलोनाले नेटोलाई भित्र्याउने भएको हो । अब नेटोले पहिलो रोजाईका गोलकिपर टर स्टेगनको सामना गनुपर्ने भएको छ । यता अयाक्सबाट २०१६ मा बार्सिलोना आएका जेस्परले कल्बबाट सोचे अनरुप खेल खेल्न नपाउदा कल्ब छाडेका हुन् ।