काठमाडौं । प्रतिनिधिसभाका सांसद प्रेम सुवालले गुठी संस्थान खारेज गर्न सरकारसँग माग गरेका छन् ।
बिहीबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धि विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै उनले सम्पदा र संस्कृतिहरुको संरक्षण गर्ने अधिकार गुठीलाई दिने व्यवस्था खारेज गरेर सम्बन्धित स्थानीय तहलाई नै दिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।
सांसद सुवालले सम्पदा र संस्कृतिहरुको संरक्षण गर्ने अधिकार गुठीलाई दिने व्यवस्था खारेज गरेर सम्बन्धित स्थानीय तहलाई दिनुपर्ने बताए । उनले नेपाल ट्रष्टले गर्ने काम पनि स्थानीय तहले गर्न सक्ने उल्लेख गरे ।
अर्का सांसद पार्वत गुरुङले भूमिहिनहरुको समस्या समाधानका लागि ‘विशेष आवास क्षेत्र’ को व्यवस्था गर्न सरकारसँग माग गरे । सांसद गुरुङले वन क्षेत्रको अतिक्रमणले भूमिहिनहरुको समस्या समाधान नहुनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।