काठमाडौं । प्रहरीले काठमाडौं–२७, ढल्कुबाट गैंडाको खागसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको चुमनुब्री–३, सिर्दिवासका ५३ वर्षीय लालबहादुर गुरुङ, धादिङका ३३ वर्षीय अष्टबहादुर थिङ र ३४ वर्षीय गोविन्दप्रसाद मोक्तान छन् ।
महानगरीय प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार उनीहरुले ५५ लाख रुपैयाँमा गैंडाको खाग विक्री गर्न लागेका थिए । पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला वन कार्यालय, हात्तिसार पठाइएको छ ।