७ आश्विन २०८१, सोमबार
,
Latest
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम धनुषामा हिरासतबाट फरारमध्ये चार थुनुवा पक्राउ पोखरामा रास्वपा कार्यकर्ताहरुको विरोध प्रदर्शन काभा महिला क्लव च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबलाई भव्य स्वागत भाषा,साहित्य र संस्कृति मानव जीवनका लागि अपरिहार्य: राष्ट्रपति प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली ‘मेस्सी’माथि २३ युवतीसँग शारिरीक सम्बन्ध राखेको आरोप



अ+ अ-

काठमाडौं । विश्वका चर्चित फूटबलर लियोनल मेस्सी जस्तै देखिने एक जना मोडललाई झुक्याएर २३ युवतीसँग शारिरीक सम्बन्ध राखेको आरोपको चर्चा भएको छ ।

इरानको तेहरानमा रहेका मोडल रेजा पाराश्तेशलाई नक्कली मेसी बनेर २३ युवतीसँग सम्बन्ध बनाएको आरोप लागेको थियो, जसलाई उनले खण्डन गरेका छन् ।मेस्सीको अनुहारसँग मिल्ने रेजालाई लागेको आरोप अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

भाइरल बनेपछि एक अन्तर्वार्ता दिएका रेजाले आरोपको खण्डन गरेका हुन् । उनले यो खबरले आफ्नो परिवारमा असर परेको बताए । ‘यो विषयलाई लिएर मेरो परिवारलाई पनि नचाहिँदो आरोप लगाइरहेका छन्,’ रेजाले भने, ‘यस्तो काम बन्द गरियोस् ।’

२६ वर्षीय रेजाले बुवाको आग्रहमा बार्सिलोनाको टिसर्ट लगाएर फोटो खिच्दै सामाजिक सञ्जालमा राखेपछि उनी ईरानमा मात्र नभएर विश्वभर चर्चित बने ।

‘यदि मैले त्यसो गरेको भए कोही त उजुरी लिएर आउँथ्यो होला ।’ उनले भने, मुस्लिम मुलुकमा बदनाम गराउनका लागि यस्तो हावादारी चर्चा भएको र यसले आफ्नो पारिवारिक जीवनमा पनि असर गरेको छ ।

उनले धोकाधडी गरेको बताए । रेजाले भने, ‘२३ महिलाहरुलाई म मेस्सीजस्तो लागेकोले सबन्ध राखेको भने, यदि यो साँचो हो भने, कसै न कसैले मविरुद्ध उजुरी गर्थ्यो होला नी ?, उत्तिकै आरोप लगाउन त पाइएन नी ?’