९ मंसिर २०८१, आईतवार
,
Latest
जम्न थाले मनाङका नदी र ताल राहदानी विभागको कम्प्युटरमा भाइरस पसेपछि सेवा ठप्प दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्चको आदेश ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट, क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा ईएमआई सुविधा एमालेले बुझ्न मानेन बालेनले पठाएको जरिवानाको पत्र आवासीय चिकित्सकको शिक्षण शुल्क बढाउँदै सरकार, आन्दोलनको तयारीमा चिकित्सकहरु पाकिस्तानमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा ८२ जनाको मृत्यु ‘स्त्री २’ को सफलतापछि राजकुमार रावले आफ्नो पारिश्रमिक बढाए ! मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध सरकारसँग व्यपारीहरुको मागः सहकारी समस्या तत्काल समाधान गरियोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिकचोकदेखि वृद्धा बेपत्ता



अ+ अ-

बागलुङ । बागलुङ जिल्लाको गलकोट नगरपालिका–७ मल्मका ६३ वर्षीय लोकबहादुर केसी दुई सातादेखि बेपत्ता हुनुभएको छ । स्वास्थ्य उपचारका लागि बागलुङबाट बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल जान हिँड्नुभएका केसी असार ३ गते दिउँसो ३ बजे बुटवलकै ट्राफिकचोकदेखि हराउनुभएकोे इलाका प्रहरी कार्याल बुटवलका प्रहरी निरीक्षक श्रीकृष्ण पौडेलले बताउनुभएको छ ।

केसीले बोक्नुभएको मोबाइल नम्बरमा फोन गर्दा ‘स्वीचअफ’ बताएको केसीकी बुहारी रीता खत्रीले जानकारी दिनुभयो । केसीको अहिले रूपन्देही प्रहरी र बुटवल तथा भैरहवामा बस्दै आइरहेका आफन्तले खोजी तीव्र पारे पनि हालसम्म भेट्टाउन नसकेको खत्रीले बताउनुभयो । “हामीले बुटवल, भैरहवामा रहेका सबै गलकोटे दाजुभाइ, दिदीबहिनी, आफन्तजनसँग निरन्तर सम्पर्क गरिरहेका छौँ”, खत्रीले भन्नुभयो, “दुई हप्ता बित्दासमेत फेला पार्न सकिएको छैन ।”

केसीको खोजीका लागि रुपन्देही प्रहरीले नेपाल–भारत सीमामा रहेको सिसीटिभी फुटेज अवलोकन गरिरहेको जनाएको छ । दुई साता बित्दा पनि कुनै सङ्केत नभेट्दा आफन्त चिन्तित छन् । केसीको परिवारमा श्रीमती, छोरा, बुहारी, तीन छोरी र नातिनातिना छन् ।