१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरीमा डुबेर दुई बालकको मृत्यु



अ+ अ-
सांकेतिक तस्विर

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित माछापुच्छ्रे इँट्टाभट्टाको पोखरीमा डुबेर आज दिउँसो दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने सात वर्षीय सुन्दर शाही र चार वर्षीय किस्मत शाही रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

विद्यालयबाट फर्कने क्रममा इँट्टाभट्टाभित्र रहेको पोखरीमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । मृतक बालक दाजुभाइ हुन् ।

सोही वडास्थित राधा माध्यमिक विद्यालयमा सुन्दर यु केजीमा र किस्मत नर्सरीमा अध्ययनरत थिए । विद्यालयमा सञ्चालन भइरहेको परीक्षा सकेर घर फर्कने क्रममा पोखरीमा पौडी खेल्दा डुबेका बालकको दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।