१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङकी ललिता धामी मृत्यु प्रकरण : हाइड्रोमा काम गर्ने तीनजना पक्राउ



अ+ अ-

बझाङ । जिल्लाको बुंगोल नगरपालिका–२ दहबगरबस्ती घर भएकी २० वर्षीया ललिता धामीको मृत्यु प्रकरणमा कालंगा हाइड्रो प्रालीमा काम गर्ने तीनजनालाई प्रहरीले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

हाइड्रो प्रालीका जेसीपीका चालक माधव बोहरा र सहचालक गोपाल बोहरासहित खडक विष्टलाई घटनामा संलग्न भएको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको हो। तीनैजनालाई बुधबार जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीले जानकारी दिए।

सोमबार राति साथिको घर जान हिडेकी बुङगल नगरपालिका २ की धामी मंगलबार मृत अवस्थामा भेटिएकी थिइन ।

युवतीको शव भेटिएपछि स्थानियले आक्रोश पोख्दै २ वटा टिप्परमा तोडफोड गरेका छन् । प्रहरीका अनुसार जेसीपी चालकसँग मृतक ललिताको प्रेम सम्बन्ध रहेको बुझिएको छ। मृतक ललिताको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको र घटनाको सत्यतथ्य छानविनका लागि स्थानीयले प्रहरी प्रशासनलाई दवाव दिएका छन्।