७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङकी ललिता धामी मृत्यु प्रकरण : हाइड्रोमा काम गर्ने तीनजना पक्राउ



अ+ अ-

बझाङ । जिल्लाको बुंगोल नगरपालिका–२ दहबगरबस्ती घर भएकी २० वर्षीया ललिता धामीको मृत्यु प्रकरणमा कालंगा हाइड्रो प्रालीमा काम गर्ने तीनजनालाई प्रहरीले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

हाइड्रो प्रालीका जेसीपीका चालक माधव बोहरा र सहचालक गोपाल बोहरासहित खडक विष्टलाई घटनामा संलग्न भएको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको हो। तीनैजनालाई बुधबार जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीले जानकारी दिए।

सोमबार राति साथिको घर जान हिडेकी बुङगल नगरपालिका २ की धामी मंगलबार मृत अवस्थामा भेटिएकी थिइन ।

युवतीको शव भेटिएपछि स्थानियले आक्रोश पोख्दै २ वटा टिप्परमा तोडफोड गरेका छन् । प्रहरीका अनुसार जेसीपी चालकसँग मृतक ललिताको प्रेम सम्बन्ध रहेको बुझिएको छ। मृतक ललिताको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको र घटनाको सत्यतथ्य छानविनका लागि स्थानीयले प्रहरी प्रशासनलाई दवाव दिएका छन्।