१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोलाले बगाउँदा दुई जना बेपत्ता



अ+ अ-

नुवाकोट । नुवाकोटको ताँदी गाउँपालिकास्थित घट्टेखोला तर्नेक्रममा बिहीबार साँझ दुई जना बेपत्ता भएका छन् । बजारबाट घरायसी सामान किनेर घर फर्कंदा खोला तर्नेक्रममा ती व्यक्ति बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

ताँदी गाउँपालिका–२ बस्ने १७ वर्षीय विनोद लामा तामाङ र सोही ठाउका १७ वर्षीय देवकृष्ण तामाङ सातबिसेस्थित घट्टेखोला तर्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार बेपत्ता भएका तामाङको ताँदी खेला, खरानीटार, देविघाट, महादेवफाँट, ठूलोखोला, बुधसिङघाट लगायतका खोलानालामा खोजीकार्य भइरहेको उनले बताए ।

बेपत्ता उनीहरुलाई नुवाकोट प्रहरी, खरानीटार प्रहरी चौकी, देवीघाट चौकी, ताँदीचौकी, सशस्त्र प्रहरी लगायतको टोलीले खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।