७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोलखामा पहिरोमा परि दुई गम्भीर घाइते, हेलिकप्टरबाट काठमाडौं लगियो



अ+ अ-

दोलखा । उत्तरी दोलखाको गौरीशंकर गाउँपालिकाको पहिरोमा परि एक दम्पत्ति गम्भीर घाइते भएका छन्। घाइते हुनेमा गौरीशंकर गाउँपालिका–८, छेसाखारेका करिब ५५ वर्षीय धनबहादुर मगर र उनकी श्रीमती करिब ५० वर्षीया गोरीमाया मगर रहेका छन् ।

शनिबार घाँस काट्न गएका बेला उनिहरुलाई करिब ५० मिटर माथिबाट खसेको पहिरोबाट उछिट्टिएको ढुंगाले लागेको थियो । उनीहरूको सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेर हेलिकप्टरमार्फत काठमाडौं रेफर गरिएको दोलखा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए ।

धनबहादुरको टाउकोमा र गोरीमायाको शरीरभर चोट लागि अचेत रहेको स्वास्थ्यकर्मीले बताएका छन्।घटनास्थल सदरमुकाम चरिकोटबाट करिब ६२ किलोमिटर उत्तरमा पर्छ।