७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेसबुकमा साथी बनाए बलात्कार, युवतीको घाइते अवस्थामा उद्धार



अ+ अ-
सांकेतिक तस्विर

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–१ मेचेडाँडामा एक दलित युवतीमाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २१ वर्षीय संगम राई रहेका छन् ।

राईले फेसबुकमा साथी बनाएको आधारमा चिनजान गर्दै केही समयदेखि संगत बढाएर बलात्कार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए।

राईले खेतिको काम गरेर घर फर्कदै गरेको अवस्थामा २१ वर्षीय युवतीमाथि बलात्कार गरेको श्रेष्ठले बताए।

प्रहरीका अनुसार इलामको चुलाचुली–६ घर भएका राई मोरङको उर्लाबारीमै आफन्तको घरमा बस्दै आएका थिए। युवतीमाथि शुक्रबार राति ९ बजे बलात्कार भएको श्रेष्ठले बताए। उनका अनुसार बलात्कार गरेर घाइते बनाएर छाडेको अवस्थामा युवतीलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट इन्सपेक्टर रामप्रसाद तिमल्सिनाको नेत्रृत्वमा खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले उद्धार गरेका थिए।

टाउको र शरीरका विभिन्न भागमा चोट रहेको अवस्थामा उद्धार गरिएकी युवतीको उर्लाबारीमै उपचार भइरहेको छ ।

बल प्रयोग गरेर बलात्कार गरिरहेको स्थानीय बासिन्दाले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए।घटनास्थलबाट फरार रहेका राईलाई पक्राउ गरेर आइतबार जबरजस्ती करणी ऐनअन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट दुवैजनाले प्रयोग गर्ने मोबाइल, चप्पल र केही कपडा बरामद गरेको छ। डीएसपी श्रेष्ठका अनुसार बलात्कारबाट पीडित भएकी युवती मानसिक रुपमा विक्षिप्त छिन्।