१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगको उपाधि जित्नु मेरो उदेश्य होः डी जोङ



अ+ अ-

काठमाडौं । बार्सिलोनाका मिडफिल्डर डी जोङले च्याम्पियन्स लिगको उपाधि जित्ने उदेश्य बार्सिलोना र आफ्नो उदेश्य रहेको बताएका छन् ।

नेदरल्याण्ड्सको क्लब आयाक्सबाट बार्सिलोनाले अनुबन्ध गरेका डी जोङले बार्सा टिभीसँग कुरा गर्दै उक्त कुरा बताएका हुन् । उनले भने ‘बार्सा र म आफू पनि यो वर्ष च्याम्पियन्स लिग जित्न चाहान्छौं । मलाई विश्वास छ यो वर्ष हामी च्याम्पियन्स लिग जित्ने छौं ।’

‘मैले बार्सिलोनालाई फलो गर्न थालेको समय भइसक्यो । म ९ वर्षको हुँदा सन् २००६ मा बार्सिलोनाले च्याम्पियन्स लिगको उपाधि जितेको थियो । त्यसपछि मैले बार्साको धेरै खेल हेरेको छु । बार्सिलोनाको खेल साँच्चिकै हेर्न लायक हुन्छ । बार्सिलोनाले जहिले पनि आफ्नो पनलाई कायम राख्छ । जुन क्लबको लागि निकै महत्वपूर्ण हुन्छ ।’

उनले बार्सिलोना आफ्नो लागि कल्ब कलब भएको बताएका छन् । उनले आफ्नो खेल देखाउनका लागि बार्सिलोन कल्ब उत्कृष्ट रहेको बताए ।

जनवरीमा ७५ मिलियन युुरोमा बार्सिलोनामा आए नेदरल्यान्डका २२ वर्षीय खेलाडी जोङले भने, “मिडफिल्डरको लागि यो उचित क्लब हो ।जहाँ विश्वकै ठूला मिडफिल्डरले खेलिसकेका छन् ।”

फरक प्रशंगमा उनले लिजेन्ड जाभी र आन्द्रे इनिएस्टासँग तुुलना गरेको आफूलाई ठिक नलागेको बताए ।उनले भने सबारेमा कुुनै पनि रुचि छैन । “मलाई आफूलाई ती लिजेन्डसँग तुुलना गरेको ठिक लाग्दैन ।”

यसअघि पनि उनले बार्सिलोना जाने निर्णयमा कुनै पछुतो नरहेको बताएका थिए ।

उनले भनेका थिए, ‘मलाई पछुतो छैन तर अफसोच लागेको छ । किनेभने मेरो विचारमा आयाक्स यो सिजन युनिक टिम देखिएको छ । हामीले धेरै रामाइलो गरका छौ । हामीले धेरै अनुवभसँगै उत्कृष्ट क्षणहरुपनि बटुलेका छौ । यो क्षण म सधै सम्भिरहनेछु ।’

यो सिजनमा निकै सफल भएका उनले आफ्नो क्लब आयाक्सलाई दुई वटा घरेलु लिगको उपाधि दिलाए । त्यस्तै, आयाक्सले च्याम्पियन्स लिगको सेमिफाइनलसम्मको यात्रा गर्दा उनको प्रदर्शन उच्चकोटीको थियो । त्यही प्रदर्शनलाई नियाल्दै बार्सिलोनाले उनलाई भित्र्याएको हो ।