४ असार २०८३, बिहीबार
,
Latest
संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्रथामिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने पीरतीले मलाई सांसद र मन्त्री बनायो: महावीर पुन ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी वागमती प्रदेशमा यातायात क्षेत्रको सुधार र कर छुटको घोषणाः २० वर्षको वक्यौतामा दुई वर्षको मात्र… म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा रूपान्तरण गर्न सरकारको आह्वान खोटाङमा खेलकुदमा विनियोजित बजेट छानबिन गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर बाढी, पहिरो र डुबान कारण १२ जनाको मृत्यु



अ+ अ-

काठमाडौ‌ं । बिहिबार बेलुकादेखि परेको अबिरल वर्षासंगै आएको बाढी, पहिरो र डुबान कारण देशभरको जनजीवन प्रभावित भएको छ । देशका विभिन्न स्थानमा १२ जनाको मृत्यु भएको छ ।

काठमाडौंको मुलपानीमा बाढीले बगाएर नीतु यादव, शर्मिला यादव र कुन्दन यादवको मृत्यु भएको छ भने भोजपुर, टेम्केमैयुम–९ का १४ वर्षीय जनक विक, रामप्रसाद राई, बासिखोरा– ७ का जगतबहादुर राईको मृत्यु भएको हो ।

यस्तै सिन्धुलीको फिक्कल–१ महादेवडाँडामा पहिरोमा पुरिएर हेमकुमारी सुनुवार, मकवानपुरको थाहा–३ महाभिरमा खोलाले बगाएर सञ्चना बलामी, रामेछाप नगरपालिका–५, रामपुरमा गोठको पर्खालले च्यापिएर पदमकुमार सुनुवार, रौतहटमा लालबकैया खोलाले बगाउँदा इशानाथ–३ का रामपुकार पटेल, ललितपुर बघुवामा घर भत्किँदा ११ वर्षीय सरोज जिम्बा, काभ्रे बनेपा–३ नालामा पहिरोले पुरिएर गोमा दंगाल र सोहनी दंगालको मृत्यु भएको छ भने सुशीला दंगाल, अनुष्का दंगाल र थप एक बालक घाइते भएका छन् ।