८ आश्विन २०८१, मंगलवार
,
Latest
आँधीघाटमा पक्की पुल अन्तिम चरणमा नवलपुरको विनियी त्रिवेणीमा बस दुर्घटना, २३ जना घाइते अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले भने– नेपाल सधैं शान्तिको पक्षमा मौसममा फेरि फेरबदल : कृषि क्षेत्रमा असर पर्नसक्ने सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौं : इन्डोनेसियाली पर्यटन उपमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रिजम्यान बने विश्वका छैटौं महँगा खेलाडी !



अ+ अ-

काठमाडौं । बार्सिलोनाले फ्रान्सका स्ट्राइकर एन्टोनी ग्रिजम्यानलाई अनुबन्ध गरेको छ ।बार्सिलोनाले ला लिगाको प्रतिद्वन्द्वी क्लब एट्लेटिको म्याड्रिडबाट १२० मिलियन युरोमा (१४ अर्ब ७८ करोड रुपैयाँ) ग्रिजम्यानसँग सम्झौता गरेको हो।

लामो अन्यौलतापछि एथ्लेटिको मड्रिडका ग्रिजम्यान नाउक्याम्पमा आउने भएका हुन् । २८ वर्षीय विश्वकप विजेताले स्पेनिस च्याम्पियनसँग ५ वर्षे सम्झौता गरेका छन् ।उनको रिलिज क्लज ८ सय मिलियन युरो रहेको छ।

रियल सोसिडाडबाट २०१४ मा एथ्लेटिको मड्रिडमा आएका ग्रिजम्यानले २५६ खेलमा १३३ गोल गरेका छन् । उनले जुन २०१८ मा नयाँ सम्झौता गरेका थिए तर, गत मेमा क्लब छाड्ने घोषणा गरेका थिए ।

यससँगै ग्रिजम्यान विश्वका छैटौं महँगा खेलाडी बनेका छन्। नेइमार सर्वाधिक महँगा खेलाडी हुन् भने केलियन एमबाप्पे दोस्रा, फिलिप काउटिन्हो तेस्रा, जोआओ फिलिप चौथौ र उस्मान डेम्बेले पाँचौ महँगा खेलाडी हुन्।

ग्रिजम्यानले एट्लेटिकोबाट युरोपा लिग, स्पेनिस सुपर कप, युइएफए सुपर क्लब जितेका थिए। उनी क्लबका लागि पाँच सिजनमै उच्च गोलकर्ता बनेका थिए।

ग्रिजम्यान बार्सिलोनाले यो सिजनमा भित्र्याएका चौथा खेलाडी हुन्। बार्सिलोनाले अयाक्सबाट फ्रेनकी डे जोङ, भ्यालेन्सियाबाट गोलकिपर नेटो र ब्राजिलियन क्लब एमजीबाट इमरसनलाई भित्र्याएका थियो।