८ आश्विन २०८१, मंगलवार
,
Latest
आँधीघाटमा पक्की पुल अन्तिम चरणमा नवलपुरको विनियी त्रिवेणीमा बस दुर्घटना, २३ जना घाइते अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले भने– नेपाल सधैं शान्तिको पक्षमा मौसममा फेरि फेरबदल : कृषि क्षेत्रमा असर पर्नसक्ने सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौं : इन्डोनेसियाली पर्यटन उपमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमोना हालेप विम्बल्डन च्याम्पियन, सेरेना विलियम्स पराजित



अ+ अ-


काठमाडौः बेलायतमा शनिबार सम्पन्न विम्बल्डन लनटेनिसमा महिलातर्फ सिमोना हालेप च्याम्पियन बनेकी छिन् ।
रोमानीयाका २७ वर्षीया हालेपले पूर्व च्याम्पियन अमेरिकाकी सेरेना विलियम्सलाई ६-२, ६-२ को सोटो सेटमा पराजित गरेकी थिइन् । उक्त खेल ५६ मिनेटमै सकिएकाे थियाे
पहिलो पटक विम्बल्डन जितेकी सिमोना हालेपले कोर्टमा निकै सशक्त प्रतिभा प्रस्तुत गरेकी थिइन् । उनको जितमा सेरेनाले सर्भिस र अरु कैयौं पटक गरेका गल्तीले पनि सहज भूमिका निर्वाह गरेको थियो ।
यो उनको पहिलो विम्बल्डन उपाधि हो । सिमाेनाले सन् २०१८ मा फ्रेन्च अाेपन जितेकी थिइन् ।

३७ वर्षकी सेरेना विलियम्स २४अाैं ग्रान्डस्लाम उपाधिकाे खाेजीमा थिइन् तर उनकाे सपना यसपटक पूरा हुन पाएन । विगत १२ महिनामा सेरेनाकाे याे तेस्राे मुख्य हार हाे ।

पुरुषतर्फ भने आइतबार फाइनल खेल हुनेछ । फाइनलमा रोजर फेडरर र नोभाक जोकोभिक भिड्दैछन् ।