१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी-पहिरोले ज्यान गुमाउनको संख्या ५० पुग्यो, ३३ जना बेपत्ता



अ+ अ-

काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण ज्यान गुमाउनेको संख्या ५० पुगेको छ ।

वर्षाका कारण आएको बाढी र पहिरोका कारण आइतबार विहानसम्म ज्यान गुमाउनेको संख्या ५० पुगेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार बिहानसम्म २२ महिला र २८ पुरुष गरी जम्मा ५० जनाको मृत्यु भएको हो । यस्तै २५ जना घाइते भएकामा उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार १३ महिला र १७ पुरुष गरी जम्मा ३० जना वेपत्ता भएका छन् भने ११०४ जनाको जिवितै उद्दार गरिएको छ ।

प्रहरीका अनुसार सबैभन्दा धेरै प्रदेश १ मा १७ जनाको मृत्यु भएको छ । प्रदेश ३ मा १३, पाँचमा २ र दुई नम्बर प्रदेशमा ५ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ ।२५ जना घाइते छन् । घाइतेको सम्बन्धित जिल्लाका अस्पतालहरुमा उपचार भइरहेको छ ।

यो समाचार तयार पार्दासम्म काठमाडौंमा आठ, ललितपुरमा र भोजपुरमा पाँच–पाँच, मकवानपुरमा चार,खोटाङ ,ओखलढुङ्गा र काभ्रेमा तीन–तीन, धादिङ, झापा, सिन्धुलीमा दुई–दुई जना तथा पाल्पा, पर्सा, रामेछाप, ईलाम, सुनसरी, बारा, रौतहट, सिराहा, धनुषा, चितवन र डोल्पामा एक–एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।