काठमाडौं । अबिरल वर्षापछि आएको बाढीपहिरो र डुवानका कारण अहिलेसम्म ६० जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबारदेखि आइतबार बेलुकीसम्म २४ महिला र ३६ पुरुषको ज्यान गएको हो।
प्रहरीको विवरण अनुसार प्रदेश १ मा १९, प्रदेश २ मा १४, प्रदेश ३ मा १५, प्रदेश ५ र कर्णाली प्रदेशमा दुईदुई र काठमाडौं उपत्यका तीन जिल्लामा ८ जनाको ज्यान गएको छ।
देशभर २६ जना अझै बेपत्ता छन् भने ३८ जना घाइते छन्। १ हजार ४४४ जनाको उद्दार भइसकेको छ।