४ असार २०८३, बिहीबार
,
Latest
आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट विद्युत् परियोजनामा पारदर्शिता बढाउन सूचनापाटी राख्न ऊर्जा मन्त्रीको सुझाव निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नभएसम्म सुधार सम्भव छैन ई–पासपोर्ट खरिद प्रकरण: अनुसन्धानको लागि पूर्व परराष्ट्रमन्त्री आरजुलाई पत्र संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्राथमिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाजार्डलाई बेकह्यामले लगाउने २३ नम्बरको जर्सी, यस्तो छ कारण!



अ+ अ-

काठमाडौं । हालै मात्र इंग्लिस क्लब चेल्सीबाट स्पेनिस क्लब रियल मड्रिड आएका इडेन हाजार्डले २३ नम्बर जर्सी लगाएर खेल्ने भएका छन् । २८ वर्षीय बेल्जियन स्टार हाजार्डले रियलका लागि २३ नम्बरको जर्सी लगाउने अन्तरर्नष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

स्पेनिस मिडिया मार्काका अनुसार चेल्सीमा १० नम्बरको जर्सी लगाएका हाजार्डले २३ नम्बर जर्सी लगाउने पक्का भएको हो । हाजार्ड चेल्सी टिममा मात्रै होइन बेल्जियमको राष्ट्रिय टिमबाट पनि १० नम्बर जर्सी नै लगाउँथे । अब भने हाजार्डका लागि २३ नम्बर जर्सी हुने देखिएको छ ।

रियलमा १० नम्बरको जर्सी लुका मोड्रिचले लगाइरहेका कारण उनले २३ नम्बरको जर्सी लगाउनु परेको हो ।कुनै समय डेभिड बेकह्यामले लगाउने २३ नम्बर जर्सी रोज्नुमा भने हाजार्डको कारण भिन्न छ । बास्केटबल खेलका समेत समर्थक हाजार्डले बास्केटबलमा लिजेण्ड खेलाडी माइकल जोर्डनले २३ नम्बर जर्सी लगाउने भएकाले उनले उक्त जर्सी रोजेका हुन् । गएको सिजन २३ नम्बर जर्सी सर्जियो रेगुलनले लगाएका थिए ।

हाजार्डले रियल मड्रिडमा ७ नम्बर जर्सी लगाउने कुरा आइरहे पनि त्यसमा उनको इच्छा देखिएको छैन । मड्रिडमा आएको केही समय इस्कोले पनि २३ नम्बर जर्सी लगाएका थिए ।

मड्रिडमा आफ्नो छुट्टै पहिचान बनाउनका लागि नै हाजार्डले २३ नम्बरमा जर्सीमा मन लगाएको फुटबल विश्लेषक बताउँछन् ।यसअघि हाजार्डले ७ नम्बरको जर्सी लगाउने चर्चा चलेको थियो । रियलमा छँदा पोर्चुगिज स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले लगाउने जर्सी हाजार्डले लगाउने भन्ने चर्चा थियो । तर, उनले सन् २०१९–२० को सिजनमा २३ नम्बरको जर्सी लगाएर देखिने छन् ।

चेल्सीबाट महंगो मूल्यमा रियल आएका हाजार्डले हाजार्डले गत सोमबार बिहानदेखि प्रि–सिजनको अभ्यास थालेका छन् । पाँच वर्षका लागि क्लबसँग सम्भौता गरेका उनी एकसय १३ मिलियन यूरोमा रियल भित्रिएका हुन् ।

उनको ‘इन्ट्री’पछि अब यस सिजन क्लबले उत्कृष्ट खेल्ने अपेक्षा रियलले लिएको छ । रियलको अघिल्लो सिजन भने खराब बितेको थियो ।