९ पुष २०८२, बुधबार
,
Latest
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेटकाे उपाधि इङ्ल्यान्डले जित्याे, सुपर ओभरमा न्यूजील्यान्ड पराजित



अ+ अ-
AP/RSS Photo/Matt Dunham

काठमाडौं । विश्वकप क्रिकेटको उपाधि पहिलाेपटक इङ्ल्यान्डले जितेकाे छ । निकै राेमाञ्चक खेलमा दुवै टिमकाे स्काेर बराबरी भएपछि सुपर अाेभरबाट निर्णय लिइएकाे थियाे ।

न्यूजील्यान्डले प्रस्तुत गरेकाे २४२ रनकाे चुनाैती इङ्ल्यान्डले पूरै ५० अाेभरमा प्राप्त गर्न सकेकाे थिएन । अाठ विकेट गुमाएर इङ्ल्यान्डले २४१ रन मात्र बनाएपछि खेल बराबरी भएकाे थियाे ।

त्यसपछि खेलाइएकाे सुपर अाेभरमा पहिले ब्याटिङ गरेकाे इङ्ल्यान्डले १५ रन बनाएकाे थियाे । जितका लागि न्यूजील्यान्डले १६ रन बनाउनु पर्ने थियाे, तर उसले १५ रन मात्र बनाउन सक्याे ।

फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेकाे न्यूजील्याण्डले इङ्ल्यान्ड विरूद्ध ८ विकेटकाे क्षतिमा २४१ रन बनाएकाे थियाे ।

न्यूजील्यान्डका लागि हेनरी निकाेल्सले ५५ र टम लथमले ४७ रनकाे व्यक्तिगत इनिङ खेले पनि अरू ब्याट्सम्यान सस्तैमा अाउट भएका थिए ।

कसिलाे बलिङ र फिल्डिङ गरेकाे इङ्ल्यान्डका लागि क्रिस वाेक्स र लियाम प्लन्केटले समान तीन तीन विकेट लिएका थिए ।

जितका लागि २४२ रनकाे चुनाैती पाएकाे इङल्यान्डले बेन स्टाेक र जस बटलरकाे उत्कृष्ट ब्याटिङका मद्दले खेल बराबरी गरेका थिए ।

व्यक्तिगत पुरस्कार

१. प्लेयर अफ द म्याच (बेन स्टाेक)

२. प्लेयर अफ द टुर्नामेन्च (केन विलियम्सन)