८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा कांग्रेस र राजपाले गरे यस्तो प्रस्ताब, पूर्व निर्धारित कार्यक्रम रोक्नुपर्ने



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रतिनिधिसभामा ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ दर्ता गरेका छन् ।

संसदमा कांग्रेस नेता मिनेन्द्र रिजाल र पुष्पा भुसाल तथा राजपा नेता राजकिशोर यादवले बाढी, पहिरो र डुवानबारे छलफल गर्न र पूर्व निर्धारित कार्यक्रम स्थगित गर्न माग गरेका हुन् ।

संसदमा उद्धार तथा राहतबारे सरकारसँग जानकारी लिने सांसदहरुलाई उद्धार, राहत र पुनस्र्थापनामा संलग्न गराउने पर्ने समेत प्रस्तावमा उल्लेख छ ।