८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व वरियतामा सिटी शीर्ष स्थानमा, बार्सिलोना र रियल मड्रिड काँहा ?



अ+ अ-

काठमाडौं । फाइभथर्टीएट डटकमले सार्वजनिक गरेको विश्व फुटबल वरियतामा इंलिस क्लब म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहन सफल भएको छ ।

यस्तै वरियताको दोस्रो स्थानमा जर्मन क्लब वायर्न म्युनिख पर्न सफल भएको छ । यसैगरी इंलिस क्लब लिभरपुल तेस्रो, स्पेनिस क्लब बार्सिलोना चौंथो र इंलिस क्लब चेल्सी पाँचौं स्थानमा परेका छन् ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छैटौं स्थानमा रहँदा स्पेनिस क्लब रियल मड्रिड सातौं स्थानमा रहेको छ । यस्तै स्पेनिस एट्लेटिको मड्रिड आठौं, ग्रिसको ओलम्पिकास नवौं र नेदरल्यान्ड्स क्लब आयाक्स दशौँ स्थानमा छन्। अन्य इंलिस क्लबहरु टोटेनहम १२ आर्सनल २८ र म्यानचेस्टर युनाईटेड ३४ औं स्थानमा रहे । इटालियन क्लब युभेन्ट्स भने १५ औं स्थानमा परेको छ ।

यता म्यानचेस्टर युनाइटेडका ह्यारी मग्वाइर विश्वकै महंगा डिफेन्डर बनेका छन् । कीर्तिमानी रकममा लेस्टर सिटीका मग्वाइरलाई युनाइटेडले ८० मिलियन पाउन्डमा अनुबन्धित गरेको हो ।

योभन्दा अघि लिभरपुलले भान डाइगको लागि ७५ मिलियन खर्च गरेको थियो ।मग्वाइर म्यानचेस्टर सिटीसँगमा पनि आबद्ध भैसकेका खेलाडी हुन् । उनको सोमबार युनाइटेड प्रवेशका लागि मेडिकल जाँच पूरा भएको छ ।

मिगुइर २०१७ मा हुल सिटीबाट १७ मिलियन पाउन्डमा लेस्टर सिटिमा अनुबन्धित भएका थिए । उनि २६ वर्षका छन् । उनले लेस्टर सिटीसँग रहेर किङ पावर स्टेडियममा ७६ खेलमा सहभागी भएका छन् ।

उनले लेस्टर सिटीमा रहेर २० खेल जितेका छन् ।