८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य मन्त्री यादव बाढीग्रस्त क्षेत्रमा जाँदै



अ+ अ-

काठमाडौं । स्वास्थ्यमन्त्री उपेन्द्र यादव तराईका बाढी र डुवानग्रस्त जिल्लाको भ्रमणमा जाँदैछन्।

स्वास्थ्यमन्त्री यादवले बाढी र डुबानग्रस्त क्षेत्र रौतह, बारा, पर्सा, सर्लाही, महोत्तरी, धनुषा, सिरहा लगायतका जिल्लाको स्थलगत भ्रमण गर्ने कार्यक्रम रहेको छ।
राहत र उद्धारको अभावमा बाढी पीडितहरुले कष्टकर जीवन बिताइरहेका बेला स्वास्थ्यमन्त्री यादव सहित गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ पनि बाढीग्रस्त जिल्लाको भ्रमणमा जान लागेका छन्।

बाढी र डुबानको कारण एक सातादेखि दर्जनौँको मृत्यु भएको छ भने, हजारौँ विस्थापित भएका छन्।