१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको पहिलो बैठकमै जिल्ला कार्यालय र सचिवालय गठन



अ+ अ-

इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)इलाम शाखाको पहिलो बैठकले जिल्ला कार्यालय र जिल्ला सचिवालय गठन गरेको छ । बैठकले सात सदस्यीय जिल्ला कार्यालय र ४३ सदस्यीय जिल्ला सचिवालय कमिटी गठन गरेको हो । जिल्ला कार्यालयमा जिल्ला कमिटी अध्यक्ष रामबहादुर मगर (राना) र सचिव सोममाया राई (सिन्धु) सहित सदस्यहरु भक्त केसी, महेश बस्नेत, तेजबहादुर राई (विजय), शान्ता बस्नेत र उमेश गुरुङ रहनुभएको छ ।

त्यस्तै सचिवालयको सदस्यहरुमा जिल्ला कमिटी अध्यक्ष मागर तथा सचिव राई (सिन्धु) सहित भक्त केसी, महेश बस्नेत, तेजबहादुर राई (विजय), शान्ता बस्नेत, उमेश गुरुङ, गणेशप्रसाद बराल, टेकबहादुर राई, कृष्णप्रसाद श्रेष्ठ, राजकुमार राई, धनकुमार राई, उदयबहादुर राई, नरेन्द्रनाथ भट्टराई, कुमार बराइली, ओमनारायण खनाल, छविलाल आचार्य, शोभा पराजुली, नवराज शङ्कर, दीपक सेन्चुरी, तेजमाया गुरुङ छन् ।

त्यस्तै कविरमान राई, देवेन्द्र शङ्कर, चित्रकला बराइली, सुकबहादुर लावती, सूर्य पोख्रेल, दीपेन्द्र खनाल, जीवन शर्मा, यामबहादुुर राई, राजकुमार थापा, बुद्धि खनाल, लक्षुमण राई, किरणकुमार राई, गोविन्द न्यौपाने, रणबहादुर राई, श्रीमान् राई, हरिबाला राई, अशोक प्रधान, तारा गुरुङ, न्युसन राई, जसबहादुर लङ्गेली, श्यामकृष्ण घिमिरे र भोजप्रसाद खतिवडा रहेका छन् । बैठकले कार्यालय सचिवमा नवराज शङ्करलाई चयन गरेको छ ।