२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

३ सय बिजुली बस ल्याउन साझालाई ३ अर्ब



अ+ अ-

काठमाडौं । साझा यातायातले ३ सय बिजुली बस ल्याउनका लागि ३ अर्ब रुपैयाँ पाएको छ।

यसअघि प्राधिकरण गठन गरी सोमार्फत ३ सय बिजुली बस खरिद गर्ने भनिए पनि साझाले नै बस खरिद गर्ने जिम्मा पाएको हो। मन्त्रिपरिषद बैठकले नै साझालाई बिजुली बस खरिद गर्ने जिम्मा दिने निर्णय गरेको हो।

चार्जिङ क्षमता, सिट संख्यालगायतका स्पेसिफिकेसन मन्त्रालयले नै तोकेको छ। मन्त्रालयले भोलि बिहीबार पत्रकार सम्मेलन गरी यसबारे औपचारिक जानकारी दिने भएको छ।

यसअघि बिजुली बस खरिदकै लागि साझाले प्रदेश ३ सरकार, काठमाडौं महानगर र ललितपुर महानगरबाट साढे ४२ करोड रुपैयाँ प्राप्त गरेको छ। प्रदेश ३ ले ३० करोड, काठमाडौं महानगरले १० करोड तथा ललितपुर महानगरले साढे २ करोड रुपैयाँ प्रदान गरेका हुन्।

सरकारले आगामी ५ वर्षभित्र २० प्रतिशत विद्युतीय सवारीसाधन पुर्याउने लक्ष्य लिएको छ। निजी क्षेत्रलाई समेत विद्युतीय सवारी संचालनका लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याउने उद्देश्यले सरकारले भन्सार शुल्कमा विशेष सहुलियत प्रदान गर्ने घोषणा गरेको छ।