८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रिपिएर स्पेनिस क्लब एट्लेटीको मड्रिडमा अनुबन्धित



अ+ अ-

काठमाडौं । टोटनह्यामका किएरन ट्रिपिएर स्पेनिस क्लब एट्लेटीको मड्रिडमा अनुबन्धित भएका छन् ।

एट्लेटीको मड्रिडले २८ वर्षका इंग्लिस खेलाडी ट्रिपिएरलाई २० मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । उनलाई एट्लेटिको मड्रिडले तीन वर्षका लागि आफ्नो क्लबमा भित्र्याएको हो ।

बर्नलीबाट उनी सन् २०१५ मा टोटनह्याम आएका थिए । गएको जुनमा भएको च्याम्पियन्स लिग फुटबलको फाइनलसहित उनले टोटनह्यामबाट १०० खेलमा सहभागिता जनाए ।करिब चार वर्ष टोटनह्याममा बिताएका उनले ६९ खेल खेल्दै दुई गोल गरेका छन् । टोटनह्यामसँगको उनको सम्झौता सन् २०२२ सम्मको थियो ।

रक्षापंक्तिमा एथ्लेटिको मड्रिडले यो ट्रान्सफर विण्डोमा अनुबन्धित गरेको उनी तेस्रो खेलाडी हुन् । प्रशिक्षक डिएगो सिमोनले यसअघि नै पोर्टोबाट राइट–ब्याक फिलिपे र ब्राजिलियन क्लब एथ्लेटिको पारानाएन्सीबाट लेफ्ट–ब्याक रिनान लोडीलाई अनुबन्धित गरिसकेका छन् ।