८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार भियतनामी बालबालिका माछा पोखरीमा डुबे



अ+ अ-
सांकेतिक तस्विर

हनोइ । भियतनामको मध्य प्रान्त खान्ह होआमा बुधबार माछा पोखरीमा डुबेर चार बालबालिकाको मृत्यु भएको छ ।

स्थानीय सञ्चार माध्यमले बिहीबार उक्त जानकारी दिएका छन् । खान्ह भिन्ह जिल्लामा रहेको यस पोखरीमा नुहाउन गएका तीन बालक र एक बालिका गहिरो खाल्डोमा डुबेका थिए ।
यी चार बालबालिका नजिकका आफन्त भएको समाचारमा जनाइएको छ ।

भियतनाममा बालबालिका डुबेर मर्ने घटनाक्रम एक महामारीको रुपमा रहेको र यहाँ प्रत्येक वर्ष दुई हजारभन्दा बढी बालबालिका डुबेर मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । दक्षिण पूर्वी एशियाका अरु देशको तुलनामा बालबालिका डुबेर मर्ने घटना भियतनाममा १० गुणा बढी हुने गरेको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।