१२ असार २०८३, शुक्रबार
,
Latest
महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङमा बस र तरकारी बोकेको भ्यान ठोकिदाँ २ जनाको मृत्यु, २१ जना घाइते



अ+ अ-

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीमाशनिश्चरे–१० मा बस र तरकारी बोकेको भ्यान आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन् ।

कानेपोखरीबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको यात्रु बस र विपरीत दिशाबाट आएको मे१त ५३९१ नम्बरको भ्यान आपसमा जुधेको थिए ।

दुर्घटनामा एकजनाको घटनास्थल र एकजनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

घाइतेहरु मध्ये ८ जनाको पथरी अस्पताल, ८ जनाको पथरी मोरङ डाइनास्टिक, ७ जनाको नोबेल र ५ जनाको न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।