८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयाक्सका डी लिग्ट युभेन्टसमा अनुबन्धित



अ+ अ-

रोम । नेदरल्यान्ड्सका डिफेन्डर म्याथिस डी लीट इटालीको च्याम्पियन युभेन्टस फुटबल क्लबमा अनुबन्धित भएका छन् । क्लबका अनुसार आठ करोड ४२ लाख डलरमा उनी आयाक्सबाट युभेन्टसमा स्थानान्तरित हुन राजी भएका हुन् ।

उन्नाइस वर्षीय यी प्रतिभाशाली डच खेलाडीको करार अवधि पाँच वर्षको रहेको छ ।

युभेन्टसले जारी गरेको विज्ञप्तिमा डी लीटले करार रकमका अतिरिक्त थप एक करोड ५ लाख युरो पनि पाउने उल्लेख छ ।

डी लीटको सम्झौता रकम युभेन्टसको इतिहासमा तेस्रो सर्वाधिक बढी रकम हो । सन् २०१८ मा क्लबले क्रिस्टियानो रोनाल्डोका लागि १० करोड ५० लाख युरो भुक्तानीमा सम्झौता गरेको थियो भने सन् २०१६ मा गोन्जालो हिगुइनका लागि नौ करोड युरो भुक्तानी गर्न सहमति जनाएको थियो ।

डी लीटले आयाक्सका लागि ११७ खेल खेलेर १३ गोल गरेका छन् । यस सिजनको च्याम्पियन्स लिगको क्वाटर फाइनलमा आयाक्ससँग युभेन्टस पराजित हुँदा डी लीटले नै गोल गरेका थिए । डी लीटले नेदरल्यान्ड्सका लागि राष्ट्रिय टोलीबाट १७ खेल खेलिसकेका छन् । उनी आयाक्सको कप्तान समेत भइसकेका छन् ।

युभेन्टसका विश्वप्रसिद्ध खेलाडी रोनाल्डोले डी लीटलाई युभेन्टसमा अनुबन्धित हुन अनुरोध गरेका थिए ।