८ पुष २०८२, मंगलवार
,
Latest
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल भद्रकाली पुनःनिर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ ‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति सन् २०२५ मा विश्वलाई हल्लाएका तीन ठूला घटना नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर अध्यक्ष थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस कांग्रेस निर्वाचनमा जान तयार छः नेता डा कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व मन्त्री बस्नेतको नाममा ६१ करोड ‘कालोधन’ !



अ+ अ-

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले नेपाली कांग्रेसका नेता तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको ६१ करोड रुपैयाँ बराबरको ‘कालो धन’ फेला परेको छ ।

बस्नेतको स्रोत नखुलेको सम्पति प्रणामी बचत तथा ऋण सहकारी संस्थामा रहेको फेला परेपछि सम्पत्ति शुद्धीकरण विभागले छानबिन थालेको हो । बस्नेत केही समयअघि नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकका सञ्चालक समेत थिए। बैंक तथा वित्तीय संस्था ऐन संशोधन भएर आउँदा संबैधानिक पदमा बसेकाहरु सञ्चालन हुन नपाउने ब्यवस्था भएपछि उनले राजीनामा गरेका थिए। उनी त्यसबेला संविधानसभा सदस्य थिए।

बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, शेयर, सुन बजारका साथै पछिल्लो समय सहकारी क्षेत्रमा पनि शुद्धिकरणको नियम कडाइका साथ कार्यान्वयन गर्न थालिएको छ। यसैक्रममा अनुसन्धान गर्दा बस्नेतको ‘कालोधन’ फेला परेको विभाग स्रोतले जानकारी दियो।

बस्नेतको ६१ करोडको स्रोत नखुलेको पैसाका बारेमा उनका परिवार र नातेदारमा पनि अनुसन्धान तीब्र पारिएको छ। ‘वित्तीय जानकारी इकाइबाट हामीले परिवार र नातेदार सबैको बैंकिङ ‘हिस्ट्री’ मागेका छौ’ विभाग स्रोतले भन्यो, ‘इकाइले सहयोग गर्यो भने अझै गहिरोमा पुगेर अनुसन्धान गर्न सकिन्छ।’

बस्नेतको कालोधका बारेमा शुद्धिकरण विभागका साथै सहकारी विभाग र राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाइले पनि काम गरिरहेको छ।

को हुन मोहनबहादुर ?

देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसको तर्फबाट सिन्धुपाल्चोक–१ बाट प्रत्यक्ष निर्वाचित सांसद मोहनबहादुर बस्नेतले सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

बिगत २० वर्षदेखि लगातार हालसम्म नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति तथा हाल नेपाली कांग्रेस केन्द्रीय सदस्य समेत रहेका बस्नेत २०५८ मा स्वास्थ्य राज्यमन्त्री भएका थिए । बस्नेत पार्टीभित्र खुमबहादुर खड्का निकट नेता मानिन्छन् । खड्काकै कोटामा उनी मन्त्री बनेका हुन् ।

बस्नेतले राजनीतिशास्त्र र समाजशास्त्र मा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् ।१४ वर्षको उमेरदेखि नै राजनीतिमा लागी ०३४ सालदेखि नेविसंघको राजनीतिमा सक्रिय बस्नेतले केही महिना भूमिगत जीवन, ३ महिना निर्वासन जीवन, १ वर्ष बन्दी जीवन बिताएका छन् ।