८ पुष २०८२, मंगलवार
,
Latest
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल भद्रकाली पुनःनिर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ ‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति सन् २०२५ मा विश्वलाई हल्लाएका तीन ठूला घटना नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर अध्यक्ष थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस कांग्रेस निर्वाचनमा जान तयार छः नेता डा कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माणाधीन दशरथ रंगशालामा विश्वकप छनोटका खेलहरु हुने



अ+ अ-

काठमाडौं । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबल प्रतियोगिताको छनोट प्रतियोगिताको ‘होम म्याच’ निर्माणाधीन दशरथ रंगशालामा हुने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले नेपालले खेल्ने विश्वकप छनोटका खेलहरु रंगशालामा खेलाउने र त्यसका लागि यही साताबाट मैदानमा दुबो रोप्ने काम सुरु गर्ने बताए ।

चीन सरकारको सहयोगमा रंगशालाको सिन्थेटिक ट्रयाक राख्ने, फ्लड लाइटको काम हरु सकिएपछि भीआईपी प्याराफिट र साउण्ड सिस्टमको काम बाँकी रहेको छ । भीआईपी प्याराफिट बनेपछि साउण्ड सिस्टमको काम पनि समाप्त हुनेछ । यसका साथै मैदानको स्कोरबोर्ड पनि तयार भएको छ ।

रंगशालाको अन्य काम सकिए पनि चीन सरकारले हस्तान्तरण नगर्दा मैदानको पिच बनाउने काम भने सुरु हुन सकेको छैन । यता रंगशालामा अब भिआइपी प्याराफिटको छानो हाल्ने काम पनि बाँकी रहेको छ।

यो बाहेक खेलाडीका लागि चाहिने चेन्जिङ रूम, मिटिङ रुम, ट्वाइलेट लगायतका काम पनि सकिएको छैन।

दोस्रो चरणको एसिया छनोटको समूह ‘बी’ मा परेको नेपालले ३ महिनाभित्र ३ वटा खेल घरेलु मैदानमा खेल्ने तय भएको छ। यता राष्ट्रिय खेलकुद परिषद्का निर्माण शाखा प्रमुख इन्जिनियर अरुण उपाध्यायले भदौ १९ मा रंगशाला तयार हुन नसक्ने बताएका छन्।

नेपालले विश्वकप छनोटका दोस्रो चरणको पहिलो खेलमा सप्टेम्बर ५ तारिखमा कुवेतविरुद्ध खेल्नेछ । त्यसपछि दोस्रो खेल १० सेप्टेम्बरमा चाइनिज ताइपेइसँग खेल्नेछ ।

नेपालले समूहको तेस्रो खेलमा अष्ट्रेलियाविरुद्ध अक्टोबर १० तारिखमा उसकै मैदानमा खेल्नेछ । त्यसपछि १५ अक्टोबरमा घरेलु मैदानमा जोर्डन विरुद्ध प्रतिस्पर्धा गर्नेछ । समूह बीमा रहेको नेपालले कुवेतका साथै चाइनिज ताइपेइ, जोर्डन, अष्ट्रेलिया रहेका छन् ।