१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माणाधीन दशरथ रंगशालामा विश्वकप छनोटका खेलहरु हुने



अ+ अ-

काठमाडौं । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबल प्रतियोगिताको छनोट प्रतियोगिताको ‘होम म्याच’ निर्माणाधीन दशरथ रंगशालामा हुने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले नेपालले खेल्ने विश्वकप छनोटका खेलहरु रंगशालामा खेलाउने र त्यसका लागि यही साताबाट मैदानमा दुबो रोप्ने काम सुरु गर्ने बताए ।

चीन सरकारको सहयोगमा रंगशालाको सिन्थेटिक ट्रयाक राख्ने, फ्लड लाइटको काम हरु सकिएपछि भीआईपी प्याराफिट र साउण्ड सिस्टमको काम बाँकी रहेको छ । भीआईपी प्याराफिट बनेपछि साउण्ड सिस्टमको काम पनि समाप्त हुनेछ । यसका साथै मैदानको स्कोरबोर्ड पनि तयार भएको छ ।

रंगशालाको अन्य काम सकिए पनि चीन सरकारले हस्तान्तरण नगर्दा मैदानको पिच बनाउने काम भने सुरु हुन सकेको छैन । यता रंगशालामा अब भिआइपी प्याराफिटको छानो हाल्ने काम पनि बाँकी रहेको छ।

यो बाहेक खेलाडीका लागि चाहिने चेन्जिङ रूम, मिटिङ रुम, ट्वाइलेट लगायतका काम पनि सकिएको छैन।

दोस्रो चरणको एसिया छनोटको समूह ‘बी’ मा परेको नेपालले ३ महिनाभित्र ३ वटा खेल घरेलु मैदानमा खेल्ने तय भएको छ। यता राष्ट्रिय खेलकुद परिषद्का निर्माण शाखा प्रमुख इन्जिनियर अरुण उपाध्यायले भदौ १९ मा रंगशाला तयार हुन नसक्ने बताएका छन्।

नेपालले विश्वकप छनोटका दोस्रो चरणको पहिलो खेलमा सप्टेम्बर ५ तारिखमा कुवेतविरुद्ध खेल्नेछ । त्यसपछि दोस्रो खेल १० सेप्टेम्बरमा चाइनिज ताइपेइसँग खेल्नेछ ।

नेपालले समूहको तेस्रो खेलमा अष्ट्रेलियाविरुद्ध अक्टोबर १० तारिखमा उसकै मैदानमा खेल्नेछ । त्यसपछि १५ अक्टोबरमा घरेलु मैदानमा जोर्डन विरुद्ध प्रतिस्पर्धा गर्नेछ । समूह बीमा रहेको नेपालले कुवेतका साथै चाइनिज ताइपेइ, जोर्डन, अष्ट्रेलिया रहेका छन् ।