१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसपार्कको टावर ठेक्कामा लगाउने महानगरका प्रशासन प्रमुख कार्की मन्त्रालयमा तानिए



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रशासन प्रमुख ज्ञानेन्द्र कार्कीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा तानिएको छ ।

लामो समयदेखि महानगरमा रहेका कार्की पछिल्लो पटक खुलामञ्चको जग्गामा टहरा बनाएर भाडामा दिन नक्कली कागज बनाउनेदेखि बसपार्कको टावर ठेक्कामा समेत जोडिएका थिए ।

कांग्रेस निकट स्थानीय तह कर्मचारी युनियनको एउटा समूहले कार्कीलाई मन्त्रालयमा तानिए आन्दोलन गर्ने चेतावनी दिएको छ ।सत्तारुढ नेकपासम्बद्ध कर्मचारी युनियनले भने कार्की बिभिन्न अनियमिततामा संलग्न रहेकाले छानविनका लागि मन्त्रालय तानिएको हुनसक्ने भन्दै हाजिर हुन जानुपर्ने जनाएको छ ।