८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलात्कारको आरोपमा नेपाली सेनाका लेखापाल पक्राउ



अ+ अ-

वीरगञ्ज । बलात्कारको आरोपमा नेपाली सेनाका एकजना लेखापाल पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर घर भइ वीरगञ्ज महानगपालिका–८ घण्टाघरस्थित चण्डी प्रसाद गण वीरगञ्जमा कार्यरत दुर्गा तिमल्सिना रहेका छन् ।

बाराको सिमरास्थित होटल संगालोसँग जोडिएको बलात्कार घटनामा इलाका प्रहरी कार्यालय सिमरा प्रहरीको अनुरोधमा जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार नै पक्राउ गरेको हो । उनलाई आज (बिहीबार) सार्वजनिक गरिएको हो ।

पक्राउ परेका तिमल्सिनालाई इलाका प्रहरी कार्यालय सिमरामा पठाइएको प्रहरी नायव उपरीक्षक (डीएसपी) अनन्तराम शर्माले जानकारी दिए ।