८ पुष २०८२, मंगलवार
,
Latest
कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै फागुन २१ को निर्वाचन सम्पन्न गर्न प्रमुख राजनीतिक दलहरूबीच सहमति टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक एक ओभरमा ५ विकेट लिएर कीर्तिमान काँग्रेस सांसद मिश्रको प्रश्नः संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ ? आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदनः जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जासम्म व्यापक सुधारको सिफारिस अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग पोर्चुगल र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्धको मूर्ति तोडफोड गर्नेलाई कडा कार्वाही गर्न राप्रपाको माग



अ+ अ-

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित सिद्धार्थ राजमार्गमा भएको भगवान बुद्धको मूर्ति तोडफोडको घटनाले मर्माहत बनाएको जनाएको छ ।

आज सो पार्टीका बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले एक विज्ञप्ति जारी गरी सो घटनाले सम्पूर्ण नेपालीहरुलाई मर्माहत बनाएको बताएका हुन् । ‘नेपालको मौलिक मान्यता र परम्परालाई निरन्तरता दिँदै स्थापना भएका भगवान गौतम बुद्धका शालिकहरु अज्ञात समूहले तोडफोड गरेको खवरले सर्वधर्म समभावको विचार राख्ने सम्पूर्ण नेपालीहरु मर्माहत हुनु स्वभाविक हो,’विज्ञप्तिमा भनिएको छ ।

धार्मिक, सामाजिक र साँस्कृतिक सद्भाव भड्काउने कार्यमा संलग्न अपराधी व्यक्तिलाई कानुनी दायरामा ल्याई कडाभन्दा कडा कार्वाही गर्न समेत विज्ञप्तिमा माग गरिएको छ ।

केही दिनअघि अज्ञात समूहले सिद्धार्थ राजमार्गमा रहेको बुद्धको मुर्ति तोडफोड गरेको थियो । सो घटनाको चौतर्फी रुपमा विरोध हुँदै आएको छ ।