१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानवरहित विमान सुरक्षित फर्केको इरानको दाबी



अ+ अ-

तेहरान । अमेरिकाले इरानको मानवरहित विमान (ड्रोन) खसालेको भनी गरेको दाबी इरानको सशस्त्र बलले अस्विकार गरेको छ । सबै ड्रोन शिवीरमा सुरक्षित रुपमा फर्केको यहाँको समाचार समितिले जानकारी दिएको छ ।

अमेरिकी जल सेनाले स्ट्रेट अफ होर्मुज भनिने समुद्री मार्गमा इरानको ड्रोन खसालेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गर्नुभएको थियो ।उक्त ड्रोन अमेरिकी पानीजहाज भन्दा करिब एक किलोमिटरनजिकै उड्न थालेपछि खसालिएको ट्रम्पले बताउनु भएको समाचारमा जनाइएको छ ।

यस घटनाले इरानले अमेरिकालाई उत्तेजित बनाउने प्रयत्न गरेको बताउँदै आफ्ना अधिकारी, सामग्री र स्वार्थको रक्षा गर्ने अधिकार अमेरिकासँग रहेको ह्वाइट हाउसस्थित राष्ट्रपति ट्रम्पले बताउनु भएको छ ।

तर आफ्ना सबै ड्रोन सुरक्षित फर्केको इरानका सशस्त्रबलका प्रवक्ता ब्रिगेडियर जनरल अबोलफज्ल सिकार्चीले बताउनु भएको छ । इरानको कुनै पनि ड्रोन अमेरिकी पानी जाहाजसँग आमनेसामाने नभएको सिकार्चीले बताउनु भएको छ । ट्रम्पका अनुसार बिहीबार ‘युएसएस बक्सर’ले आफ्नो आत्मरक्षाको लागि आक्रमण गरेको बताउनु भएको छ ।

इरानका उपविदेश मन्त्री अब्बास आरागचीले ड्रोन खसालेको यस दाबीको अस्विकार गर्नु भएको छ । अमेरिका र इरानबीच सम्बन्ध तनावग्रस्त रहेको र यी घटनाहरूका कारण उक्त क्षेत्रमा सैन्य सङ्घर्ष सुरु हुनसक्ने भय उत्पन्न भएको छ ।

अमेरिकाले सन् २०१५ मा इरानसँग भएको बहुपक्षीय पारमाणविक सम्झौताबाट भिन्न भएर तेहरानमाथि कडा प्रतिबन्ध लगाएयता तनाव बढ्दै गएको हो ।


इरानले यसअघि आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको भन्दै अमेरिकी ड्रोनलाई स्ट्रेट अफ होर्मुजमै खसालेको थियो । तर अमेरिकाले भने उक्त ड्रोन आक्रमणमा पर्दा इरानको हवाई क्षेत्रभन्दा बाहिर पर्ने समुद्री क्षेत्रमा रहेको बताउँदै आएको छ ।