१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नर्सका कारण बालिकाको मृत्यु



अ+ अ-

काठमाडौ । चिकित्सका लापरवाहीका एक बालिकाको मृत्यु भएको छ । सर्पले डसेर अस्पतालमा भर्ना भएकी बालिकको मृत्यु भएको हो ।

झारखण्डको सदर अस्पतालमा भर्ना गराएकी ९ वर्षीए प्राची कुमारी नामकी ती बालिकालाई स्लाइन चढाएपछि नर्स रोमा राय आफ्नो कोठामा गएर निदाइन् । बालिकाका आमा र दाजुले नर्सलाई उठाउनको लागि ढोका ढक्ढक्याइरहे तर नर्स उठिनन् । पीडाले तड्पी तड्पी बालिकाले प्राण त्यागेपछि अस्पतालमा बालिकाका परिवारले हंगामा गरेको दैनिक भास्करको समाचारमा उल्लेख छ ।

आरोपी नर्सलाई हिरासतमा लिइएको बताइएको छ । समाचारमा जनाइएअनुसार प्राचीलाई बिहीबार बेलुकी सर्पले डसेपछि अस्पतालमा भर्ना गरिएको थियो । डा। शिवलाल कुंकलले जाँचपछि एन्टि स्नेक भेनमको स्लाइन चढाएर नर्स रोमा रायलाई जिम्मा दिएर गए । डाक्टर जानासाथ नर्सले स्लाइनको स्विच स्लो गरेर आफ्नो कोठामा गएर सुतिन् ।

राती २ बजे बालिका अचानक तड्पिन थालिन् । नजिकै बसेकी आमा पुतुल देवी र दाजु अनमोलले नर्सलाई उठाउनको लागि नर्सको ढोका ढक्ढक्याए । यस क्रममा दाजुको हात नै भाँचियो । तर, नर्स उठिनन् । भित्रबाटै भनिन् – म उठ्न सक्दिन डिस्टर्ब नगर । तड्पी तड्पी बालिकाले प्राण त्यागिन् । नर्स रुमा रायले आफ्नो उमेरको बहाना बनाएर बच्ने प्रयास गरिरहिन् । उनी अर्को वर्ष सेवानिवृत्त हुनेवाला थिइन् ।

डीसी अरवा राजकमलद्वारा गठित कमिटीले नर्सलाई दोषी ठहर गरेको छ । यो लापरवाहीमा अरु कोही संलग्न भए नभएको जाँच गरेर २ दिनमा रिपोर्ट पेश गर्न भनिएको छ । नर्सलाई तत्कालै लागू हुने गरी बर्खास्त गरिएको छ ।