१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव नेतालाई नख्खु र काठमाडौंमा बम विस्फोटको मुद्दा



अ+ अ-

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिवन्धित नेकपाका नेता माइला लामा पक्राउ परेका छन् ।

स्रोतका अनुसार विप्लव समूहका कार्यकर्ता रेशम लामाको बुबाको निधन भएपछि परिवारलाई भेट्न लामा काठमाडौं आएका थिए । तर, फर्किएर काँडाघारीमा बसेकै मध्यराति उनी पक्राउ परेका हुन् ।शनिबार साँझ उनी सार्वजनिक यातायात चढेर काठमाडौं छिरेको प्रहरी स्रोत बताउँछ । मध्यराति पक्राउ गरेर उनलाई टेकु पुर्‍याइएको छ ।

लामाविरुद्ध ‘ज्यान मार्ने’ र ‘बम विस्फोट’विरुद्धको मुद्दा चलाइने भएको छ ।महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल थापाले कर्तव्य ज्यान (ज्यान मार्ने) उद्योग र बम विस्फोटविरुद्ध मुद्दा चलाइने जानकारी दिए ।

यसअघि नै ललितपुर जिल्ला अदालमा कर्तव्य ज्यान अन्तर्गत मुद्दा दर्ता गरिएका उनीविरुद्ध नख्खु र काठमाडौंमा बम विस्फोटको आरोप समेत लागेको छ ।