१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाँजा तस्करलाई पक्राउ गर्न मकवानपुरमा प्रहरीले गोली चलायो



अ+ अ-

काठमाडौं । मकवानपुरको मनहरी क्षेत्रमा गोली चलेको छ । गाँजा तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने क्रममा मनहरी गाउँपालिका–९ रजैया राप्ती बगरमा गएराति गोली चलेको हो । यद्यपि गोली कसैलाई लागेको छैन ।

तस्करीमा संलग्न एक जनालाई हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का कुमार स्याङतान रहेको प्रहरीले जनाएको छ।

अरु तस्करले भाग्न सफल भएको बताइएको छ ।मकवानपुर प्रहरीका अनुसार घटनामा संलग्नलाई सार्वजनिक गर्न अहिले पत्रकार सम्मेलन आयोजना गरिएको छ ।