१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सचिवालयको बैठक सुरु, केन्द्रीय सदस्यहरुको कार्यविभाजनका विषयमा छलफल हुने



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा विभागहरु गठन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन लगायतका विषयमा छलफल हुनेछ ।

बैठकमा तत्कालीन केन्द्रीय विभाग प्रमुख र उप्रमुख, जिल्ला इन्चार्ज र सह–इन्चार्ज, केन्द्रीय आयोग प्रमुख र उपप्रमुख, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्को नेतृत्व लगायतका एजेन्डा रहेका छन् । पूर्व एमाले र माओवादीका भागबण्डामा विभागको नेतृत्वमा यसअघि नै सहमति गरिएको छ ।

गठन विभागमा भने वामदेव गौतम, अन्तर्राष्ट्रिय विभागमा माधवकुमार नेपाल र नीति अध्ययन प्रतिष्ठानमा झलनाथ खनाल प्रमुख हुने पक्का छ ।यस्तै पार्टीको स्कूल विभागमा पूर्व माओवादीका नारायणकाजी श्रेष्ठ र पूर्व एमालेका ईश्वर पोखरेल दुवैले दावी छाडेका छैनन्।

यसअघि नै नेकपाले ३२ विभागमध्ये १८ विभाग तत्कालीन एमाले १४ माओवादीले लिने सहमति भइसकेको छ । यस्तै, कुल ७७ जिल्ला इन्चार्जमध्ये एमाले ४६ माओवादी ३१ जिल्ला इन्चार्ज भागबन्डा भइसकेको छ ।सल्लाहकार परिषद्का अध्यक्षमा पूर्वएमालेबाट केशव बडालले जिम्मेवारी पाएका छन्।

ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा पूर्वमाओवादीबाट नन्दप्रसाद प्रसाईंले पाएका छन्। लेखा परीक्षण आयोगमा डा.पुष्प कँडेल र अनुशासन आयोगमा अमृत बोहरालाई दिने आन्तरिक सहमति छ।

यस्तै, पूर्वमाओवादीको भागमा परेको निर्वाचन आयोगको जिम्मा अमिक शेरचनले लिने भएका छन्।