७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रअ प्रमुख नेपालमा



अ+ अ-

काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख समान्तकुमार गोयल आइतबार नेपाल आउनुभएको छ । गोयलसहित पाँच जनाको टोली आइतबार दिउँसो काठमाडौं आएको हो ।

गोयल नेतृत्वको टोली पाँचदिने भ्रमणका लागि नेपाल आएको सुरक्षा निकायको उच्चस्रोतले जनाएको छ । ‘तत्कालका लागि पाँच दिन नेपाल बस्ने सूचना प्राप्त भएको छ’, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले नेपाल समाचारपत्रसँग भन्यो– ‘उहाँहरुको नेपाल बसाइ अझ लम्बिन सक्ने बुझेका छौं ।’

नेपाल समाचारपत्रका अनुसार रअ प्रमुख गोयलसहितको टोली बौद्धस्थित हायात होटलमा बसेको छ । सो होटलको कोठा नं ३ सय २४ नम्बर गोयलका लागि बुकिङ भएको बताइएको छ । गत महिना रअ प्रमुख नियुक्त भएपछि गोयलको यो पहिलो नेपाल भ्रमण हो । उहाँ यसअघि पनि रअका विशेष सचिवका रुपमा कार्यरत हुनुहुन्थ्यो । भ्रमण टोलीमा रअको राजनीतिक ब्युरो नियाल्ने पदाधिकारीसमेत संलग्न भएको बताइएको छ ।

रअ टोलीले सत्तारूढ दलका नेता र प्रतिपक्षी नेपाली कांग्रेससहित नेतासँग पनि भेटघाट गर्ने स्रोतले जनाएको छ । नेपालका नेतासँग रअ अधिकारीहरुले होटलमै भेटवार्ता गर्ने वातावरण मिलाइएको सुरक्षा निकायले जनाएको छ । ‘अहिले साँझसम्म कोही नेता भेटघाटमा आइपुगेका छैनन्, भेटघाट भरे राति हुन सक्छ’ –सुरक्षा निकायको उच्च स्रोतले आइतबार साँझ नेपाल समाचारपत्रसँग बतायो ।