८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपामा श्रृंखला खतिवडाकी आमा अध्यक्ष, बाबु इन्चार्ज



अ+ अ-

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको छ। आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले इन्चार्ज(सहइन्चार्जको टुंगो लगाएको हो।

नेकपाले इन्चार्ज र सह-इन्चार्जको टुंगो लगाएसँगै मकवानपुर जिल्लामा भने श्रीमानले इन्चार्ज र श्रीमतीले जिल्ला अध्यक्षको भुमिका पाएका छन्।

प्रतिनिधि सभा सदस्य समेत रहेका तत्कालीन नेकपा एमालेका जिल्ला इन्चार्ज नेता विरोध खतिवडालाई अहिले जिल्ला इन्चार्जको भुमीका तोकिएको छ भने यस अघि प्रदेश ३ कमिटीले टुङ्ग्याएको जिल्ला अध्यक्षमा खतिवडाकी श्रीमती मुनु सिग्देललाई जिम्मेवारी तोकीएको थियो ।

खतिवडा र सिग्देल श्रृंखला खतिवडाका आमा र बाबु हुन् ।