८ पुष २०८२, मंगलवार
,
Latest
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए माईतीघरमा जेनजीको नाराबाजीः ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ –फोटोफिचर एमाले उपमहासचिव भट्टराईद्वारा सचिवालय बैठक बोलाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूचनाको हक ऐन संशोधन गर्ने निर्णय गलत छ – अरविन्द केजरीवाल



अ+ अ-

नयाँदिल्ली । भारतको दिल्ली राज्यका मूख्यमन्त्री अरविन्द केजरीवालले सूचनाको हकसम्बन्धी ऐन संशोधन गर्ने भारत सरकारको निर्णयले केन्द्र र राज्यका सूचना आयोगहरुको स्वतन्त्रता समाप्त हुने बताएका छन् । उनले केन्द्र सरकारको उक्त कदम सही नभएको पनि बताए ।

केन्द्र सरकारले यही जुलाई १९ मा सूचनाको हकसम्बन्धी विधेयक लोकसभामा पेश गरेको थियो । प्रस्तावित विधेयकमा सूचना आयुक्तहरुको पदावधि र तलब तोक्ने अधिकार केन्द्र सरकार मातहत रहने प्रस्ताव गरिएको छ ।

विपक्षी दलहरुले भने उक्त विधेयकप्रति विमती राख्दै सदन बहिस्कार गरेका थिए । संशोधन विधेयक सदनमा प्रस्तुत गर्नेसम्बन्धी विषयमा भएको मतदानमा २२४ जनाले पक्षमा र ९ जनाले विपक्षमा मतदान गरेका थिए ।

विपक्षी दलका अधिकांश सांसदहरुले संशोधनले सूचनाको हकसम्बन्धी मुख्य ऐनको भावनामा ठूलो चोट पु¥याएको बताएका थिए ।

तर सभामुख ओम बिड्लाले संसदमा विधेयक प्रस्तुतिकरणका विषयमा सांसदहरुको विरोध रहेको तर यसमाथि संसदमा विस्तृत छलफल गरिने जानकारी दिए ।

राज्यमन्त्री जितेन्द्र सिंहले विपक्षीले आरोप लगाएजस्तो ऐनका प्रावधानलाई सरकारले नियन्त्रणमा ल्याउन नचाहेको बरु व्यवस्थित गर्न खोजेको बताए । उनले युपिए सरकारले हतारमा ऐन ल्याउँदा त्यसभित्र धेरै कमीकमजोरी देखिएकाले त्यसलाई सच्याउन र नयाँ नियमावली जारी गर्न आवश्यक रहेको बताए ।