८ पुष २०८२, मंगलवार
,
Latest
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए माईतीघरमा जेनजीको नाराबाजीः ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ –फोटोफिचर एमाले उपमहासचिव भट्टराईद्वारा सचिवालय बैठक बोलाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुुलुकको आन्तरिक सुरक्षा व्यवस्थापनको जिम्मेवारी चुनौतीपूर्ण : गृहमन्त्री थापा



अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापनको जिम्मेवारी चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।

प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जले आज यहाँ आयोजना गरेको ‘तालीम समापन समारोह’मा उहाँले नेपाल प्रहरीको सङ्घीय संरचनामा साङ्गठानिक स्वरूप बन्न गइरहेकाले सङ्घ र प्रदेशको सम्बन्धलाई सुदृढ बनाएर मुलुकको सुरक्षा थप बलियो बनाउन जरुरी रहेको बताउनुभयो ।

“सुढृढ र प्रविधियुक्त नेपाल प्रहरी निर्माण गर्न गृह मन्त्रालय लागेको छ”, उहाँले भन्नुभयो । गृहमन्त्री थापाले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई पूरा गर्न भरपर्दो सुरक्षा व्यवस्था आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाल प्रहरीले सीमित स्रोत र साधनका बावजुद पनि उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।

उहाँले नेपाल प्रहरीको संस्थागत क्षमताको विकासका लागि मन्त्रालयको सहयोग रहेको बताउनुभयो । नेपाल भ्रमण वर्ष सफल बनाउन सुरक्षा व्यवस्थालाई कडा बनाउनु जरुरी रहेको उहाँको भनाइ थियो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले तालीमले सामाजिक योजना, व्यवस्थापन र सुधारका लागि रणनीतिक कौशल, दृष्टिकोण ज्ञान अभिवृद्धि गर्न सफल हुने बताउनुभयो । सो तालीममा प्रहरी नायब महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको सहभागिता रहेको थियो ।