८ पुष २०८२, मंगलवार
,
Latest
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए माईतीघरमा जेनजीको नाराबाजीः ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ –फोटोफिचर एमाले उपमहासचिव भट्टराईद्वारा सचिवालय बैठक बोलाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाङ्देलका शिष्यको ‘कलापुञ्ज’ भदौमा



अ+ अ-

काठमाडौं । सोसाइटी अफ मोडर्न आर्टिष्ट (सोमा)को आयोजनामा आगामी भदौमा चित्रकला प्रदर्शनी हुने भएको छ । नेपाल कला परिषद्मा भदौ ५–९ सम्म हुने ‘कलापुञ्ज–६’ मा लैनसिंह बाङ्देलका शिष्यहरुको चित्रकला प्रदर्शनी हुने सोमाका सदस्य जीवन राजोपाध्यायले जानकारी दिनुभयो ।

प्रदर्शनीमा चिनीकाजी ताम्राकार, शङ्करनाथ रिमाल, शङ्करराजसिंह सुवाल, हेम पौडेल, गोविन्द डङ्गोल, श्यामलाल श्रेष्ठ, हरि खड्का, जीवन राजोपाध्याय, नरेशसुन्दर संैँजुृ, टार्जन साङ्पाङ, रत्नकाजी शाक्य, रमाराज मास्के र कान्ति न्यौपाने तथा दिवङ्गत हीरालाल डङ्गोल, कर्ण मास्के र शान्तकुमार राईका चित्र रहनेछन् । विसं २०६४ मा स्थापित सोमाले यसअघि पाँच प्रदर्शनी सम्पन्न गरिसकेको छ ।

प्रदर्शनीकै क्रममा डा यामप्रसाद शर्माद्वारा कलाकारका व्यक्तित्व र चित्रकारिता समेटी तयार गरिएको पुस्तक विमोचन हुनाका साथै कलाकार र कला विकासमा योगदान दिने दुई व्यक्तिलाइ जनही रु १० हजारका साथ ‘लैनसिंह बाङ्देल सम्मान’ दिइने जनाइएको छ । नेपालमा आधुनिक चित्रकलालाई बाङ्देलले नै स्थापित गरेको मान्यता छ ।