८ पुष २०८२, मंगलवार
,
Latest
प्रधानमन्त्री कार्कीलाई काँग्रेसको जवाफः तपाईंकै जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ फागुन २१ मा निर्वाचन गर्नुको विकल्प छैनः सञ्चारमन्त्री खरेल महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ: प्रधानन्यायाधीश पालिकास्तरीय चित्रकला कार्यशाला सम्पन्न दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ व्यास नगरपालिकामा फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी डलरको भाउ बढ्दा तिर्न बाँकी ऋणको दायित्व चुलियो पोखरेबगर–घोडेपानी सडक स्तरोन्नति सुरु सुनको मूल्यमा भारी वृद्धि ‘रामप्रसादराई’मा राजस्व चुहावट नियन्त्रण गर्न अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी सरकारबाट जनआकांक्षा पूरा हुन सक्दैन: बैद्य



अ+ अ-

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) का महासचिव मोहन बैद्य ‘किरण’ ले विप्लव समूहको अहिलेको गतिविधि अस्पष्ट रहेको बताएका छन् ।

जनकपुरधाममा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले विप्लव जनक्रान्ति गरिरहेका छन् कि जनसंघर्ष स्पष्ट हुन नसकेको बताएका हुन् ।

अहिलेको कम्यनिष्ट सरकार जनताको हकहितको पक्षमा नरहेको भन्दै उनले आफूहरु जनसंघर्षको पक्षमा रहेको बताए । उनले सरकारले विप्लव समूहलाई नबुझी उनीहरुमाथि नराम्रो व्यवहार गरिरहेको वैद्यले बताए।

विप्लव समूहमाथि प्रतिबन्धको निर्णय राजनीतिक नभएको भन्दै उनले यो समस्याको समाधान राजनीतिक ढंगले मात्र निकाल्न सकिने बताए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले बाटो विराएको भन्दै वैद्यले त्यसैले सरकारबाट जनआकांक्षा पूरा हुन नसक्ने जिकिर गरे ।